Monday, October 9, 2017

अन्तरमुखी म

व्यबहार र कर्म दुबै हेर्दा साथी
निसंदेह म अन्तर्मुखी हुँ
तिमी भन्छौं दु:ख साट्नुपर्छ
म भन्छु खुशी बाँड्नुपर्छ
तिमी भन्छौं हाँसिलो हुनुपर्छ
म भन्छु समय बुझ्ने हुनुपर्छ
तिमी भन्छौं साथ साथ हिड्नुपर्छ
म भन्छु लडेसी आफै उठ्ने हुनुपर्छ

बाझिएसी तिम्रो बिचार र मेरो व्यबहार
मैले रातको बर्को ओढेर सुर्योदय पर्खिबसें
तिम्रो मनको आँगनमा नाच्न नसकेसी
मैले दुखको भजन गाउन सिकें
तिमी पुर्णेको उज्यालो देखेर रमायौ
म जुन जलेको देखेर तड्पिएँ
तिमी हत्केलाको भाग्यसँग सम्झौता गर्यौ
मैले आफ्नै मनलाई नि युद्ध गर्न ललकारेँ
तिमी बल र बुद्दीका साथ उड्न थाल्यौ
म सुद्दी आर्जन गरि थोरबहुत बामे सरेँ
त्यसैले त,
व्यबहार र कर्म दुबै हेर्दा साथी
निसंदेह म अन्तर्मुखी हुँ ।।

म हजार सिढिँ ओर्लदै गएँ
तिमी निलो गगन चुम्न थाल्यौं
म च्यातिएर हजार पटक सिइएँ
नसकेर सयौं पटक पखालिएँ
तिमी बेखबर मेरो हालत देखी
म स्तब्ध तिम्रो स्थिति देखी
र पनि
साटिन मेरो खिया लागेको सफलता
बकिन कहिल्यै कुरुप खुशी यो मनको
त्यसैले त,
व्यबहार र कर्म दुबै हेर्दा साथी
निसंदेह म अन्तर्मुखी हुँ ।

0 comments:

Post a Comment

My Youtube Channel

1. +2 Content

Blog Archive

Page Views

Powered by Blogger.